मर्मत भएन याङ्ग्री र लार्केसम्मको सडक « Khabarhub

मर्मत भएन याङ्ग्री र लार्केसम्मको सडक


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– याङ्ग्री र लार्के खोलाको आयोजनास्थलसम्म पुग्ने सडक वर्षाका कारण भत्किएकामा अझै मर्मत हुन सकेको छैन । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माणका लागि पहुँचमार्ग निर्माण भइरहँदा असारको पहिलो साता बगाएको थियो ।

बीस किमी सडकमध्ये झण्डै पाँच किमी बगाएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। इन्द्रावती नदीमा आएको बाढीले सडक बगाएको थियो । पहिलो चरणमा मेलम्ची नदीसम्म पुग्ने सडक नबनेकाले अहिले उक्त सडकको मर्मत प्राथमिकतामा नपरेको हो । उनले भने, “सडक विभागले मर्मत गरिसकेको छ, हामीले गर्न बाँकी छ ।”

दश किमी सडकमध्ये पाँच किमी विभाग र अर्को पाँच किमी आयोजनाले निर्माण गरेको थियो । धापदेखि लार्के र याङ्ग्रीसम्मको सडक निर्माण आयोजनाले गरेको थियो । अहिले निर्माण व्यवसायीले निर्माण अघि बढाउन चाहेको उनले बताए । उनले भने, “हामीले पहिले मेलम्ची नदीको आयोजनास्थलसम्म नै सडक पुर्‍याउन लागेका थियौँ ।”

आयोजनालाई लक्षित गरेर निर्माण हुन लागे पनि सो सडकको निर्माण सम्पन्न हुँदा स्थानीयवासीलाई समेत फाइदा पुग्ने देखिएको छ । यहाँका ३८० कित्ता अधिग्रहण गरेर सडक निर्माण गरिएको थियो । गत असारमा मेलम्ची नदीमा आएको बाढीले गर्दा खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो ।

आयोजनास्थलमा रहेका धेरै संरचना र निर्माण सामग्री बाढीले बगाएको थियो । आयोजनास्थलभन्दा माथिल्लो भागबाट आएको पहिरोले संरचनामा क्षति पुगेको थियो । अहिले पनि ‘हेडवर्क’ लगायतका संरचना खोलाको लेदोले पुरिएको छ । सरकारले अहिले सडक मर्मत गरेर आयोजनास्थलसम्म पुर्‍याएको छ । रासस

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  १० : ४० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर