जीवन सफल बनाउन चाहनुहुन्छ ? चाणक्यका यी नीति अपनाउनुहोस् « Khabarhub

जीवन सफल बनाउन चाहनुहुन्छ ? चाणक्यका यी नीति अपनाउनुहोस्


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यक्ति आफ्नो जीवनमा सफल बन्न चाहन्छ । यसकालागि उसले ठुलाबडाको आर्सीवाद पनि लिन्छ । तर कैयौँ प्रयासका बाबजुद कतिपयले धोका पाउँछन् । यसबाट बच्न आचार्यको चाणक्य नीति हरेकका लागि उपयोगी हुन सक्छ ।

आचार्य चाणक्यको नीति पालन गरी साधारण व्यक्ति पनि जीवनका हरेक क्षेत्रमा सफलता पाउन सक्छ । साथै कसैको धोकाबाट बच्न समेत यसका लागि चाणक्य नीति लाभकारी हुन सक्छ । यसका लागि चाणक्यका निम्न नीती अपनाउन सकिन्छ ।

क) परिस्थितिको सामना गर्ने

कुनै काम थाल्दा त्यसमा बाधा आउनु स्वभाविक हो । तर कतिपय बाधा आउन साथ आत्तिन्छन् । यस डरबाट बच्न चाणक्यले ती बाधाको डटेर सामना गर्न सुझाव दिएका छन् । परिस्थिति जस्तो भए पनि निर्भयका साथ ती बाधाको सामना गर्न चाणक्य सुझाउँछन् ।

ख) अर्काको गल्तीबाट सिक्ने

चाणक्य नीति अनुसार मानिसले अरूको गल्तीबाट सिक्नु पर्दछ । अर्काको गल्तीलाई पाठ बनाउन सके मानिस आफू पनि गल्ती गर्नबाट बच्छन् ।

ग) मेहनतका साथ रणनीति लगाउने

सफल हुन केवल मेहनत गरेर मात्र हुँदैन । यसका लागि मेहनतका अतिरिक्त उचित रणनीति लगाउन पनि आवश्यक हुन्छ । चाणक्य काममा मेहनत साथै रणनीति बनाएर अगाडी बढ्न सुझाउँछन् ।

घ) भूलमा सुधार

चाणक्य नीति अनुसार भूल मानिसको प्रकृति हो । यो जोबाट पनि हुन सक्छ । तर आफ्ना भूलबाट मानिसले पाठ सिकेर आगामी काममा ती भूल नदोहोर्‍याउने र सुधार गर्नु पर्दछ । यसले जीवनमा आउने हरेक काममा धोकामा कसरी अघि बढ्ने भने सिकाउँछ ।

ङ) काममा ऊर्जा लगाउने

कतिपय मानिस कामको थालनी गर्दा पुरै जोस, जाँगर र ऊर्जाका साथ गर्छन् । तर जसै केही समय बित्छ मानिसमा पहिले जस्तो काम प्रति ऊर्जा हुँदैन । त्यसैले चाणक्य काममा सदैव एकै प्रकारको ऊर्जाका साथ काम गर्न सुझाव दिन्छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ५९ बजे

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर