सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका « Khabarhub

सहरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमैत्री बन्दै काठमाडौं महानगरपालिका


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले आफ्नो भौगोलिक क्षेत्रमा जडान हुने सीसीटीभी क्यामराका लागि आवश्यक पर्ने नेटवर्क प्रयोग गर्न नेपाल टेलिकमसँग सहकार्य अघि बढाएको छ ।

कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार वडा कार्यालयहरूमा सीसीटीभी नेटवर्कका लागि अप्टिकल फाइबर नेटवर्क, एफटिटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने तयारीका टेलिकमसँगको सहकार्य अघि बढाइएको हो ।

सीसीटीभी क्यामराका कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्षसम्म पुर्‍याउनका लागि कामपा र नेपाल टेलिकमसँग सम्झौतासमेत भइसकेको छ । यससँगै नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहायता, सेवा विस्तार क्षमता, आकस्मिक अवस्थामा सेवाको निरन्तरताका लागि संरचना, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा यसको पहिचान र समाधानका लागि टेलिकमले सेवा उपलब्ध गराउनेछ ।

सीसीटीभी क्यामरा, राउटरसहितका सामान तथा उपकरण महानगरपालिकाले व्यवस्था मिलाउने छ । टेलिकमले भविष्यमा आवश्यक पर्ने उच्च गतिको व्याण्डविथ उपलब्ध गराउने छ । त्यस्तै प्रविधिको परिवर्तनलाई अद्यावधिक गरेर नियमित गराउनेछ ।

प्रविधिको प्रयोगबाट सहरलाई सुरक्षित र स्मार्ट सहर अन्तरसरकार समन्वय र सहकार्यले कुनै पनि गुनासो नआउने गरी नतिजा ल्याउन कामपाले यस कार्य अघि बढाएको काफ्लेको भनाइ छ ।

टेलिकमसँग यसअघि अप्टिकल फाइबर सञ्जाल भएकाले महानगरपालिकाले तत्काल आफूले यसअघि जडान गरेका सिसीटिभीका दृश्यहरू प्राप्त गर्नसक्ने अवस्था रहेको कामपा सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले जानकारी दिए ।

सीसीटीभी क्यामराले कैद गरेका दृश्यहरू महानगरपालिकाले सञ्चालन गर्ने निगरानी कक्ष (सर्भलेन्स रुम) मा पुर्‍याउने दायित्व टेलिकमले पूरा गर्नेछ । प्रणालीमा यसअघि जडान गरिएका, नियमित तथा क्रमागत योजनामार्फत जडान गरिएका, वडा, विभाग तथा अन्य माग भएका स्थानबाट जडान गरिएका र जडान गरिने सीसीटीभी जोड्न सकिनेछ ।

काठमाडौंलाई स्वचालित, सुरक्षित र व्यवस्थित बनाउन प्रविधिमा आधारित प्रणाली विकास तथा विस्तारका लागि सहकार्य गर्ने क्रममा यो सम्झौता भएको हो । यसबमोजिम कामपा वडा कार्यालय र यसभित्रका सार्वजनिकस्थलको दृश्य सीसीटीभी निगरानी कक्ष (सीसीटीभी सर्भलेन्स रुम) मा जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (जिपीओएन) प्रयोग गरिनेछ । (रासस) 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ११ : २९ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन