कांग्रेस महाधिवेशन : अझै १२४३ मत खस्न बाँकी « Khabarhub

कांग्रेस महाधिवेशन : अझै १२४३ मत खस्न बाँकी


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको छ । साँझ ८ बजेसम्म करिब ३५ सय मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्य एकराज पोखरेलले अँझै करिब १२ मत खस्न बाँकी रहेको जानकारी दिए । ४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए ।

सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार मतदान सकिए लगत्तै सभापतिको मतगणना हुनेछ । त्यसपछि अन्य पदका लागि भएको मतदानको गणना हुनेछ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : २५ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।