कांग्रेस महाधिवेशन : मतदान सकियो, गणना ११ बजेपछि | Khabarhub Khabarhub

कांग्रेस महाधिवेशन : मतदान सकियो, गणना ११ बजेपछि


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ। राति ९ बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ । समितिले करिब ४६ सय मत खसेको जनाएको छ । ४७४३ महाधिवेशन प्रतिनिधि रहेकोमा पहिलो चरणमा ४६८१ जनालेमात्र मतदान गरेका थिए । दोस्रो चरणमा अझ कम महाधिवेशन प्रतिनिधिले मतदान गरेका हुन् ।

सोमबार भएको मतदानमा सापतिका ५ उम्मेदवार मध्ये कसैले पनि विजयी हुन आवश्यक पर्ने ५० प्रतिशतभन्दा धेरै मत नल्याएपछि मंगलबार पुनः सबैभन्दा धेरै मत ल्याउने दुई उम्मेदवारबीच प्रतिस्पर्धा भएको हो ।

सबैभन्दा धेरै मत ल्याउने शेरबहादुर देउवा र डा शेखर कोइराला दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ पहिलो चरणको मतदानपछि प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

मंगलबार राति ११ बजेपछि सभापतिको मतगणना हुनेछ । त्यसपछि अन्य पदका लागि भएको मतदानको गणना हुनेछ । १३४ सिट मध्ये २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । १३२ सिटका लागि भएको मतदानको गणना भएको छैन ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ९ : १० बजे

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र