कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित « Khabarhub

कोइरालालाई ८७८ मतले पछि पार्दै देउवा कांग्रेस सभापतिमा निर्वाचित


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको दोस्रो चरणको मतदानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

मंगलबार भएको मतदानबाट सभापतिमा शेरबहादुर देउवाले २ हजार ७३३ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये  देउवाका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८५५ मत ल्याए । ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत मत प्राप्त गर्न नसकेपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा भएको हो।

प्रधानमन्त्रीसमेत रहेका देउवालाई दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहलागयत नेताहरुको समर्थन थियो ।

देउवा नेपाल विद्यार्थी संघको पहिलो निर्वाचित अध्यक्ष हुँदै कांग्रेस राजनीतिमा आएका नेता हुन् । पञ्च्यायतविरुद्धको आन्दोलनबाट सक्रिय भएर खारिएका नेता २०४६ को आम निर्वाचनयता देशमा हालसम्म भएकासबै आम निर्वाचनमा डडेल्धुराबाट विजयी हुँदै आएका छन् । उमेर ७६ वर्ष पुगेका देउवा ८० वर्षको उमेरसम्म कांग्रेसको सभापति हुने भएका छन् । महाधिवेशन उद्घाटन गर्दा सम्बोधनका क्रममा देउवाले आफूले जिते तीन वटै तहको चुनावमा पार्टीलाई पहिलो दल बनाउने वाचा गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ६ : ५२ बजे

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि