कांग्रेस वरिष्ठ नेता पौडेलले भने, 'सरकारले सदन खुलाउनुपर्छ' | Khabarhub Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘सरकारले सदन खुलाउनुपर्छ’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन् ।

नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”,विज्ञप्तिमा उल्लेख छ ।

आजै बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने एमालेको क्रियाकलाप आपत्तिजनक रहेकाले त्यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गराएका थिए ।

‘६ महिनाको समयमा दुई/दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्।’ नेता पौडेलले लेखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : १५ बजे

‘सरकारको काम चुनाव गराउने मात्रै होइन, भ्रष्टाचारीलाई कारबाही नथाले फेरि आन्दोलनमा उत्रिन्छौँ’

काठमाडौं- जेनजी आन्दोलका घाइतेहरूले प्रधानमन्त्री सुशीला कार्कीमाथि भ्रष्टाचारमा संलग्नमाथि कारबाही

‘जेरी अन टप’लाई दर्शकको साथ

काठमाडौं– तिहारलाई लक्षित गर्दै गत  असोज ३१ गतेदेखि प्रदर्शनमा आएको

चुनाव सफल पार्न दलहरूले सरकारलाई सहयोग गर्नुपर्छ : वर्षमान पुन 

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य एवं पूर्व अर्थमन्त्री वर्षमान

पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : उपमहासचिव ज्ञवाली

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले आगामी

माओवादी चुनावमा जान्छ, कांग्रेस-एमाले पनि सहभागी हुनुपर्छ : वर्षमान पुन

काठमाडौं- नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य वर्षमान पुन अनन्तले २१