कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘सरकारले सदन खुलाउनुपर्छ’ « Khabarhub

कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘सरकारले सदन खुलाउनुपर्छ’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन् ।

नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”,विज्ञप्तिमा उल्लेख छ ।

आजै बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने एमालेको क्रियाकलाप आपत्तिजनक रहेकाले त्यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गराएका थिए ।

‘६ महिनाको समयमा दुई/दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्।’ नेता पौडेलले लेखेका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : १५ बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।