मुख्यमन्त्री राई सरकारी निवासमा « Khabarhub

मुख्यमन्त्री राई सरकारी निवासमा


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई आजदेखि सरकारी निवासमा सरेका छन् ।

उनले विराटनगर–१३ स्थित सुनसरी मोरङ सिँचाइको भवनमा आवासका लागि सरेका हुन् । यसअघि उनी विराटनगरमा रहँदा नेपाल राष्ट्र बैंकको अतिथि गृह बस्न हुन्थ्यो ।

सो अवसरमा मुख्यमन्त्री राईले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सरकारी व्ययभार कम गर्न आफू सरकारी निवासमा बसोबासको व्यवस्था गरेको बताए ।

उनले भने, ‘विगतका मुख्यमन्त्रीले होटल तथा बहालको घरमा बस्ने गरेकोमा आफू सरकारी व्ययभार कम गर्न सरकारी निवासमा बसोबासको व्यवस्था  मिलाएको छु ।’ मुख्यमन्त्री राईले मासिक चार लाख भाडा तिर्ने गरी मुख्यमन्त्रीका लागि लिएको काठमाडौँस्थित सम्पर्क कार्यालय बन्द गर्ने पनि बताए ।

सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले सतारुढ गठबन्धन दलको महाधिवेशन समाप्त भएकाले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए  । मुख्यमन्त्री राईले आवश्यकताका आधारमा नौ देखि ११ सदस्यीय मन्त्रीमण्डल विस्तार गर्ने जानकारी पनि दिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ३ : ३० बजे

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

काठमाडौं– सांसदहरुले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको

‘वालेन्द्र सरकार पाकिस्तानी मोडलमा चलिरहेको छ, विस्तारै उत्तर कोरियाली मोडलतर्फ जाँदैछ’

काठमाडौं- नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका

भारत–बङ्गलादेश आर्थिक सहकार्यमा जोड

ढाका- भारत र बङ्गलादेशबीच कूटनीतिक सम्बन्धमा अनिश्चितता कायम रहे पनि दुवै

प्रधानमन्त्री एक्लिएको फेसबुके स्टाटसबारे रविको जवाफ : उहाँ त गीतकार पनि हो नि !

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्कालै वालेन्द्र शाह