बिन्ती र ममताको ‘चु सै ङल’ « Khabarhub

बिन्ती र ममताको ‘चु सै ङल’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गुरूङ भाषाको ‘चु सैं ङल’ अर्थात ‘यो मन मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ‘होई मेरो संसार’ बोलको गीतको सफलतासँगै गायक बिन्तीकुमार गुरूङले ‘चु सैं ङल’ बजारमा ल्याएका हुन् ।

गीतको भिडियो भर्जिनियाको सुन्दर शहर आसबर्नमा एक कार्यक्रमका बिच तमु धीं भर्जिनियाको संयोजनमा सार्वजनिक गरिएको छ । गायक बिन्तीको शब्द, संगीत र स्वरमा सजिएको यस गीतमा नेपाल आइडलकी ममता गुरूङको पनि स्वर सुन्न सकिन्छ ।

पोखराकी मोडल उर्मिला गुरूङ र मनोज गुरूङको अभिनय रहेको गीतको छायांकन गायक बिन्ती कुमारको आफ्नै जन्मस्थल लमजुङको गुरूङ बस्ती डडुवा दुर्छा र करापु गाउँमा गरेका छन् । भिडियोमा उर्मिला र मनोजको माध्यमबाट गुरूङ समुदायका युवायुवतीहरुको रमाइलो प्रेमको किस्सालाई रोमान्टिक शैलीमा देखाइएको छ ।

भिडियोको कोरियोग्राफी र निर्देशन साजन गुरूङले गरेका छन् । टेकमान गुरूङको छायांकन तथा र नेत्र गुरूङको सम्पादन रहेको गीतको भिडियो तमु ल्होछार तो ल्हो (बाघ वर्ग)को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ४ : ०८ बजे

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । उनलाई शुक्रबार

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती