कांग्रेस महामन्त्री पदको मतगणना हुँदै « Khabarhub

कांग्रेस महामन्त्री पदको मतगणना हुँदै


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु हुँदैछ ।

मतगणना आज बिहान ९ बजेदेखि पार्टी कार्यालय सानेपामा हुन लागेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । महामन्त्रीका लागि गगन थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा प्रतिस्पर्धामा छन् ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो ।

सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।

सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।

यसैगरी दुई उपसभापति पदको बुधबार मतगणना सम्पन्न भई पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ७ : ३९ बजे

औरहीका किसानलाई अनुदानमा गहुँको बीउ

सिरहा– औरही गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ

हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना भत्काइँदै

हेटौंडा–  हेटौंडा उपमहानगरपालिकाअन्तर्गत सडक क्षेत्रको दाँया-बायाँमा अतिक्रमण गरेर बनाइएका बजार क्षेत्र

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६