आर्सनल विजयी, साउथह्याम्पटन र क्रिस्टल बराबरी « Khabarhub

आर्सनल विजयी, साउथह्याम्पटन र क्रिस्टल बराबरी


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेस्ट ह्याम युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा आर्सनलले युनाईटेडलाई सहज जित निकालेको हो । आर्सनललाई जित दिलाउन गाब्रियल मार्टिनेली र इमिल स्मिथले एक एक गोल गरेका थिए । ६७ औं मिनेटमा भ्लादमिर काउफलले रातो कार्ड पाएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै १७ खेलमा २९ अंक जोडेको आर्सनल चौंथो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम २८ अंक जोडेर पाँचौं स्थानमा झरेको छ ।

प्रिमियर लिग अन्तर्गत भएका अन्य दुई खेलमा उल्भ्सले ब्राइटनलाई १-० ले हराएको छ भने साउथह्याम्पटन र क्रिस्टल प्यालेसले २-२ गोलको बराबरी खेलेको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ९ : २९ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका