बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन « Khabarhub

बेनी बजारको सडकमा एकतर्फी यातायात सञ्चालन


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – सदरमुकाम बेनी बजारभित्रको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा मङ्सिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारी साधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन सुरु गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारी साधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, सङ्गमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पसचोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ । ‘नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य सङ्घको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो’, नेपालीले भने, ‘साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।’

बेनी बजारको यातायात व्यवस्थापनका लागि अतिक्रमण गरेर निर्माण भएको संरचना हटाइएको छ । नगरपालिकाको अनुरोधअनुसार व्यवसायी र घरधनीले सडकको क्षेत्राधिकारमा बनाइएको संरचना स्वतफूर्तरुपमा हटाएका छन् ।

होटल, फेन्सी, खाद्यान्न, फलफूल व्यवसायीलाई घरभन्दा बाहिर सडक च्यापेर राखिएका होडिङ बोर्ड, जस्तापाटाको छाप्रो हटाउन र पैदलयात्रुका लागि बनाइएको फुटपाथमा सामान नराख्न अनुरोध गर्दै नगरप्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ चिरञ्जीवी राना, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालसहितको टोलीले गत हप्ता घरदैलो गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ११ : २० बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक