पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ « Khabarhub

पीसीआर रिपोर्ट नक्कली बनाउने पक्राउ


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए । प्रहरीले कार्यालयबाट नक्कली रिपोर्ट बनाउने दुई थान ल्यापटप, एक थान प्रिन्टरसमेत बरामद गरेको छ ।

सञ्चालक तामाङले प्रयोग गरेको ल्यापटपमा इमेल जाँच गर्दा मेची प्रादेशिक अस्पताल भद्रपुर, कनकाई पिसिआर ल्याब, विएण्डसी अस्पताल, नेसनल पब्लिक हेल्थ ल्याब टेकु काठमाडौँलगायतका अफिसियल लेटर प्याडलाई डिजिटल स्क्यान गरी पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ लेखेर राखिएको फायलसमेत फेला परेको प्रवक्ता पाठकले बताए ।

त्यसैगरी अनुसन्धानका क्रममा तामाङले नेपालको निशाना छाप एवं विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय (नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व कार्यालय भद्रपुरलगायतको छापलाई डिजिटल स्क्यान गरी सम्पादन गरेर राखिएको पाइएको उनको भनाइ छ ।

सो डकुमेन्ट अस्पतालले तयार नगरेको र रङ्जी टुर एण्ड ट्राभल्सले कीर्ते गरेको खुल्ल आएकाले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालत झापाबाट बुधबार सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

उनले सो रिपोर्ट भारतलगायत तेस्रो मुलुकका विभिन्न स्थानमा कामका लागि जाने नेपाली, लामो समय नेपाल रहेर घर फर्किने भारतीयसँग एक हजार ५०० देखि लिएर पाँच हजारसम्म लिने गरेको पाइएको छ ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  २ : ३० बजे

कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने

बिहीबार सम्पन्न निर्वाचनको मतगणना कतिपय क्षेत्रमा जारी छ भने कतिपय

काठमाडौं–१० मा मतगणना सुरु

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा

रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने

रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत