मेगा बैंकको १२ प्रतिशत लाभांश पारित « Khabarhub

मेगा बैंकको १२ प्रतिशत लाभांश पारित


२८ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेगा बैंक नेपालले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७-७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँया ३८ पैसा लाभांश पारित गरेको हो ।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैँया ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : ४९ बजे

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको

कोशी प्रदेश सरकारले एआईमार्फत् एक्स-रे सेवा दिने

संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट संसदमा

पहिचान जोगाउन होमस्टे सञ्चालन

भजनी– थारू समुदायको पहिचानसहितको  कला, संस्कृति तथा मौलिकताको संरक्षण र

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको

यस्तो छ, लुम्बिनी सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि