हत्याको विरोधमा दमक बजार बन्द « Khabarhub

हत्याको विरोधमा दमक बजार बन्द


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- एक पसल कर्मचारीको हत्याको विरोधमा आज दमकका व्यवसायीहरुले मुख्य बजार क्षेत्र बन्द गरेका छन् । हत्यारालाई कारबाहीको माग गर्दै व्यवसायीहरुले स्वतस्फूर्त पसल व्यवसाय बन्द गरेका हुन् ।

दमक ६ स्थित घिमिरे मार्केटमा एक पसलमा काम गर्ने प्रकाश पराजुलीको बुधबार साँझ हत्या भएको थियो । हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै व्यवसायीले प्रहरी तथा प्रशासनमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसहित पुगेको व्यवसायीहरुको टोलीले इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । हत्यामा संलग्नलाई अबिलम्ब पक्राउ गरि कानूनी दायरमा ल्याउन ज्ञापन पत्रमा माग गरिएको छ ।

हत्यामा संलग्नलाई सार्वजनिक गरी दण्डित नगरे संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले बताएका छन् । व्यवसायीहरुको टोलीलाई प्रहरी प्रमुख कार्कीले हत्यामा संलग्नको खोजीमा प्रहरी परिचालित भई सकेको भन्दै चाँडै  सार्वजनिक गरिने बताएका छन् ।

एमालेको पनि ज्ञापन पत्र

सोहि घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै नेकपा एमालेले पनि प्रहरी तथा प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।

दमक २ का एमाले संगठित सदस्य देवीचरण पराजुलीका छोरा प्रकाशको सांघातिक आक्रमण गरि हत्या गरिएको भन्दै एमालेले प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।

नगर अध्यक्ष गेहनाथ पोखरेल र सचिव इन्द्र गुरुङ इलाका प्रशासन कार्यालयलाई समेत ज्ञापन पत्र बुझाउँदै शान्ति सुरक्षाको अवस्था दर्विलो बनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ३ : ०४ बजे

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको