हत्याको विरोधमा दमक बजार बन्द « Khabarhub

हत्याको विरोधमा दमक बजार बन्द


१ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- एक पसल कर्मचारीको हत्याको विरोधमा आज दमकका व्यवसायीहरुले मुख्य बजार क्षेत्र बन्द गरेका छन् । हत्यारालाई कारबाहीको माग गर्दै व्यवसायीहरुले स्वतस्फूर्त पसल व्यवसाय बन्द गरेका हुन् ।

दमक ६ स्थित घिमिरे मार्केटमा एक पसलमा काम गर्ने प्रकाश पराजुलीको बुधबार साँझ हत्या भएको थियो । हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै व्यवसायीले प्रहरी तथा प्रशासनमा ज्ञापन पत्र पनि बुझाएका छन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठसहित पुगेको व्यवसायीहरुको टोलीले इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् । हत्यामा संलग्नलाई अबिलम्ब पक्राउ गरि कानूनी दायरमा ल्याउन ज्ञापन पत्रमा माग गरिएको छ ।

हत्यामा संलग्नलाई सार्वजनिक गरी दण्डित नगरे संघर्षका थप कार्यक्रम सार्वजनिक गर्ने दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाँईले बताएका छन् । व्यवसायीहरुको टोलीलाई प्रहरी प्रमुख कार्कीले हत्यामा संलग्नको खोजीमा प्रहरी परिचालित भई सकेको भन्दै चाँडै  सार्वजनिक गरिने बताएका छन् ।

एमालेको पनि ज्ञापन पत्र

सोहि घटनामा संलग्नलाई पक्राउ गर्न माग गर्दै नेकपा एमालेले पनि प्रहरी तथा प्रशासनमा ज्ञापन पत्र बुझाएको छ ।

दमक २ का एमाले संगठित सदस्य देवीचरण पराजुलीका छोरा प्रकाशको सांघातिक आक्रमण गरि हत्या गरिएको भन्दै एमालेले प्रशासनमा ज्ञापन पत्र बुझाएको हो ।

नगर अध्यक्ष गेहनाथ पोखरेल र सचिव इन्द्र गुरुङ इलाका प्रशासन कार्यालयलाई समेत ज्ञापन पत्र बुझाउँदै शान्ति सुरक्षाको अवस्था दर्विलो बनाउन माग गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७८, बिहीबार  ३ : ०४ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण