५१ वर्षीय तामाङ बने सिक्कमको नयाँ मुख्यमन्त्री | Khabarhub Khabarhub

५१ वर्षीय तामाङ बने सिक्कमको नयाँ मुख्यमन्त्री


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गान्तोक– भारतको एक मात्र नेपाली भाषी बाहूल्य राज्य सिक्किमको नयाँ मुख्यमन्त्रीका रुपमा प्रेम सिंह तामाङ (पीएस गोले)ले नयाँ मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ५१ वर्षीय गोलेले स्थानीय समयानुसार विहान १० बजे गभर्नर गंगा प्रसादबाट मुख्यमन्त्री पदको शपथ ग्रहण गरेका हुन् ।

स्थानीय पाल्जोर रंगशालामा आयोजित मुख्यमन्त्रीको शपथ ग्रहणमा गोलेका पार्टीका कार्यकर्ता र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।

मुख्यमन्त्रीको शपथ ग्रहण गरेसँगै गोलेले आजै मन्त्रिपरिषद पनि विस्तार गर्ने जनाइएको छ । उनले ११ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत बिहीबार सम्पन्न विधानसभा निर्वाचनको मतगणनामा गोले नेतृत्वको एसकेएमले १७ सिट हासिल गरेको थियो । २५ विधानसभा सिट रहेको सिक्किममा यसअघि सत्तामा रहेको पवन चाम्लिङको दल सिक्किम डेमोक्र्याटिक फन्ट भने १५ सिटमा खुम्चिएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १० : ५० बजे

झापा कपको उपाधि चर्च ब्वाइजलाई

झापा – झापा कपको उपाधि आज चर्च ब्वाइज युनाइटेड क्लबले

रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ

सांसदको दिनचर्या : कुटपिटको मुद्दा हेर्नेदेखि कुद्‍नेसम्म !

काठमाडौं- यतिबेला काठमाडौंको मौसम चिसो छ । संघीय संसद प्रतिनिधिसभामा पनि

६ महिनापछि पर्दामा फर्किँदै दयाहाङ

काठमाडौं – विगतका वर्षमा लगातार दयाहाङ राईका फिल्म प्रदर्शनमा आए

‘अब नाच्छ, हाँस्छ र सुन्छ’, अमेरिकामा यी कलाकारले हँसाउने, नचाउने

काठमाडौं – अमेरिकाको विभिन्न सहरमा विभिन्न विधाका  नेपाली कलाकारहरूले प्रस्तुती