प्रदेश नं २ सरकारले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान दिने « Khabarhub

प्रदेश नं २ सरकारले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान दिने


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – प्रदेश नं २ सरकारले कृषि विश्वविद्यालयलाई रु ३१ करोड अनुदान दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको मन्त्रिपरिषद्को बैठकले कृषि विश्वविद्यालयका लागि रु ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि रु ३१ करोड अनुदान दिने निर्णय गरेको हो । अनुदान रकम विश्वविद्यालयका लागि प्रदान गर्ने निर्णय कार्यान्वयनका लागि विश्वविद्यालयको कार्यविधि, बोर्ड तथा पदाधिकारी नियुक्तिपछि मात्र हुने अवस्था रहेको अर्थमन्त्रीसमेत रहनुभएका प्रदेश २ सरकारका प्रवक्ता शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री साहले बताए । प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन । सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ भने विश्वविद्यालयका उपकुलपतिमा डा वैद्यनाथ महतोलाई नियुक्त गरिसकेको छ ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको छ । त्यस्तै बन्द रहेको छोरी बिमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै प्रदेश सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णयसमेत गरेको छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : २८ बजे

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका