मञ्जु बनिन् ‘ब्युटिसियन नेपाल’ « Khabarhub

मञ्जु बनिन् ‘ब्युटिसियन नेपाल’


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन मुभिजको आयोजनामा राजधानीमा भएको सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन नेपाल २०२१’को उपाधि सुर्खेतकी मञ्जु थापाले जितेकी छन् । यो सातौं संस्करण हो । उनले शीर्ष उपाधिसँगै ‘बेस्ट ब्राइडल’ र ‘बेस्ट नेल आर्ट’को विधागत उपाधि पनि जितिन् ।

नेपाली ब्युटीसियनहरुको पेशागत सौन्दर्य प्रतियोगितामा तबिता राई ‘फस्ट रनरअप’सँगै ‘मोस्ट कन्फिडेन्ट’, भूमिका शाह ‘सेकेन्ड रनरअप’सँगै ‘बेस्ट ट्यालेन्ट’ बने ।

विधागततर्फ संगीता खड्का ‘बेस्ट मेहेन्दी आर्ट’ र ‘मोस्ट पपुलर’, गिता राई ‘बेस्ट मोडल मेकअप विनर’, दीपिका सापकोटा ‘बेस्ट फोटोजेनिक’, सुमित्रा श्रेष्ठ ‘बेस्ट पर्सनालिटी’, सुमित्रा रिमाल ‘मोस्ट स्मार्ट’ र जान्वी बस्नेत ‘मोस्ट एक्टिभ’ भएका थिए ।

प्रतियोगिताका प्रतियोगीहरुले करिब दुई हप्ता व्यक्तित्व विकास, स्टेज प्रस्तुति, क्याटवाक, बोलीचाली अभ्यास, फोटोसुट, भिडियोसुट तथा विविध सौन्दर्य क्षेत्रका तालिम एवं अभ्यासको प्रशिक्षण लिएका थिए ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुंइटेल, नृत्य निर्देशक एवं फिल्मकर्मी गोविन्द राई, कस्मेटोलोजिस्ट एवं सौन्दर्यकर्मी डा. रेखा थापा, ‘मिसेस नेपाल आइडल २०१९’ शोभिता राई एवं ‘ब्युटिसियन नेपाल २०१९’ हेमा पुन मगर रहेका थिए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ११ : ११ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई