भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह « Khabarhub

भारतमा अनावश्यक यात्रा र भीडभाड नगर्न आग्रह


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनबाट बच्न अनावश्यक भीडभाड र यात्रा नगर्न आग्रह गरिएको छ ।

ओमिक्रोनबाट संक्रमितहरूको सङ्ख्या बढ्दै गएपछि भारतको सङ्घीय सरकारले उच्च सतर्कता अपनाउन आम नागरिकलाई शुक्रबार आग्रह गरेको हो ।

‘ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिएको पाइएको छ, अनावश्यक भीडभाड र अनावश्यक यात्रा नगर्नु हुन अनुरोध छ,’ सरकारद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भारतमा अहिलेसम्म १०१ जनामा ओमिक्रोन भाइरसको संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

यसको संक्रमण थप फैलिन नदिन कोरोनाभाइरसबाट बच्ने स्वास्थ्य मापदण्डहरू पालना गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

भीडभाडमा नजाने, मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुनेलगायतका कार्य गर्नुपर्ने उनीहरूको भनाइ छ ।

अहिले यात्रा गर्ने, भीडभाड गर्ने बेला होइन, यसमा लापर्बाही गर्नु हुँदैन, त्यसैले अत्यावश्यक बाहेकका यात्रा र भीडभाड गर्दै नगर्नु, मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ५२ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले