युक्रेनका बारेमा छलफल गर्न नाटोका रक्षा मन्त्रीहरूको बैठक बस्दै « Khabarhub

युक्रेनका बारेमा छलफल गर्न नाटोका रक्षा मन्त्रीहरूको बैठक बस्दै


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तर एटलान्टीक सन्धि सङ्गठन (नाटो) को रक्षा मन्त्रीहरूको सम्मेलन हुने भएको छ ।

नियमित दुईदिने सम्मेलन ब्रसेल्समा हुन लागेको नाटोका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । सम्मेलनमा विषेश गरेर युक्रेनका बारेमा छलफल हुने अधिकारीहरूले जनाएका छन् ।

‘नाटोको उच्च सैन्य अधिकारीहरूको सम्मेलन यही जनवरी १२ देखि १३ तारिखसम्म बेल्जियमको ब्रसेल्समा गर्ने निर्णय भएको छ,’ सङ्गठनका एक अधिकारीले भने । सङ्गठनले आफ्नो वेबसाइटमा राखेको वक्तव्यका अनुसार नाटोका आगामी रणनीतिक योजनाहरूका बारेमा समेत सम्मेलनमा छलफल हुनेछ ।

नाटोको सुरक्षासम्बन्धी सल्लाह दिने मुख्य संयन्त्रको रूपमा रहेको रक्षा मन्त्रीहरूको सम्मेलनलाई महत्वका साथ हेरिएको छ । नाटोका रक्षा मन्त्रीहरूको बैठक हरेक वर्ष कम्तीमा तीन पटक बस्ने गरेको छ । त्यसमा नाटोले लिएका निर्णय र त्यसको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा गर्दै भावी योजना र रणनीतिहरूका बारेमा गम्भीर छलफल हुने गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ७ : ०५ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी