वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्छौ : मन्त्री श्रेष्ठ « Khabarhub

वैदेशिक रोजगारीबाट आर्जित पुँजी र सीपलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्छौ : मन्त्री श्रेष्ठ


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने राज्यको नीति रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मन्त्री श्रेष्ठले भनेका छन्, ‘आप्रवासी श्रमिकहरूले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्‍याइरहेका छन् भने रोजगारदाता मुलुकको विकासमा योगदान दिइरहेका छन् ।’

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हक रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।’

पछिल्लो समय श्रमिकमैत्री हुनेगरी विद्यमान नीति, ऐन तथा कानुनसमेत परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकसँग दुई पक्षीय सम्झौतामासमेत श्रमिकमैत्री हुने गरी पुनरवलोकन एवं नवीकरणको काममा मन्त्रालय क्रियाशील रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ८ : १२ बजे

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा