कतारमा ४ जनामा ओमिक्रोन पुष्टि « Khabarhub

कतारमा ४ जनामा ओमिक्रोन पुष्टि


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोन ४ जनामा पुष्टि भएको छ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले कतारमा ओमिक्रोन केस फेला परेको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार विदेशबाट यात्रा गरी कतार फर्केका चार जनामा ओमिक्रोन भेटिएको हो । ती मध्ये तीन जनाले कोभिड-१९ विरुद्धको खोपको दुई डोज प्राप्त गरेका थिए । दोस्रो डोज ६ महिनाभन्दा अघि लगाइएको थियो।

अन्य एक जनाले भने खोप नलगाएको बताइएको छ । चारै जनालाई  विशिष्ट क्वारेनटाइनमा राखिएको र अस्पताल भर्ना गर्न आवश्यक नरहेको मन्त्रालयले जनाएको छ । उनीहरू पूर्णपुरमा निको नभएसम्म वा पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म क्वारेनटाइनमा रहनेछन्।

नोभेम्बरको अन्त्यमा दक्षिण अफ्रिकामा पहिलो पटक पत्ता लागेदेखि, ओमिक्रोन संस्करण विश्वका ७० भन्दा बढी देशहरूमा फैलिएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैलाई कोभिड-१९ विरुद्धको लडाइँमा तीन कार्यमार्फत भूमिका खेल्न आह्वान गरेको छ ।

१. योग्य हुने बित्तिकै खोप लगाउन वा बुस्टर डोज खोप लिन ।

२ . कोभिड-१९ को लक्षण र लक्षणहरू शङ्कास्पद छन् भने तुरुन्तै परीक्षण गर्न ।

३ . कोभिड-१९ को सावधानीका उपायहरूको पालना गर्न ।

कतारमा अहिलेसम्म १ लाख ९६ हजार ६९२ जनाले बुस्टर भ्याक्सिनको डोज प्राप्त गरेका छन् । बुस्टर डोज खोप कतारका सबै प्राथमिक स्वास्थ्य सेवा निगम स्वास्थ्य केन्द्रहरूमा उपलब्ध रहेको र (पिएचसीसी)ले बुस्टर डोज खोपका लागि योग्य व्यक्तिहरूलाई भेट्ने समय तय गर्न सिधै सम्पर्क गरिरहेको जनाएको छ । खोप लगाउन योग्य भएका र अझै सम्पर्क नगरिएका जो कोहीले अपोइन्टमेन्ट तय गर्न पिएचसीसीको हटलाइन नम्वर ४०२७७०७७ मा सम्पर्क गर्नसक्ने मन्त्रालयले जनाएको छ ।

अपोइन्टमेन्टका लागि पिएचसीसीको द्विभाषी मोबाइल एप Nar’aakom मार्फत पनि गर्न सकिन्छ। मन्त्रालयले माथिको उल्लेखित नम्बरमा कल गरेर वा मोबाइल एप्लिकेसन प्रयोग गरेर कोभिड-१९ बुस्टर भ्याक्सिनको लागि स्वास्थ्य केन्द्रमा जानुअघि अपोइन्टमेन्ट लिनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ९ : ३९ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१