समाजवादी प्रेस सङ्गठनको विशेष भेला सोमबार हुँदै | Khabarhub Khabarhub

समाजवादी प्रेस सङ्गठनको विशेष भेला सोमबार हुँदै


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले आगामी सोमबार काठमाडौँमा विशेष भेला गर्ने भएको छ ।

उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछन् ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन् ।

गत वर्ष पुस ५ गते तत्कालिन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रुपमा मानेर सङ्गठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १० : ५० बजे

सर्वाधिक व्यापार गर्ने २५ सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा

सबैभन्दा बढी व्यापार गर्ने २५ फिल्ममा ‘छक्का पञ्जा’का सबै सिरिज परे

काठमाडौं – चलचित्र विकास बोर्डले अहिलेसम्म २५ औं वार्षिक उत्सवको

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान- जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य गरौँ

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न

पहिलो मौद्रिक नीति ल्याउँदै पौडेल, शेयर लगानीकर्ता सतर्क !

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको बागडोर सम्हालेका डा. विश्वनाथ पौडेल आगामी

कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न