रकुल र फरहानको ‘पुकार’ बन्द « Khabarhub

रकुल र फरहानको ‘पुकार’ बन्द


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउडमा केही दिन अघिमात्र अभिनेता फरहान अख्तर र अभिनेत्री रकुलप्रीत सिंहले निर्देशक आशुतोष गोवारिकरको फिल्म ‘पुकार’मा हस्ताक्षर गरेको खबर बाहिर आएको थियो । यसै वर्षको अन्त्यमा सुटिङ हुने सय करोड बजेटको फिल्ममा जंगलको महत्वलाई देखाइने बताइएको थियो । तर अहिले भने यो फिल्मको निर्माण काम बन्द भएको खुलासा भएको छ ।

समाचारअनुसार निर्देशक गोवारिकरले लेखक जावेद अख्तरसँग मिलेर यो फिल्मको कथा लेख्ने तयारी गरिरहेका थिए । लामो समयदेखि कुनै पनि फिल्म नलेखेका जावेद यो फिल्म लेख्न उत्सुक थिए । जसै फिल्म लेख्न सुरु गरे, फिल्ममा केही गडबढ देखियो । कैयौं हप्तासम्म फिल्मको गडबढलाई समाधान गर्न खोजे पनि समाधान हुन नसकेपछि फिल्म बन्द भएको छ ।

फिल्मका निर्माताले काँचो कथामा फिल्म नबनाउने अडान लिएका थिए । वर्षौपछि फिल्म लेखनमा आएका जावेदबाट दर्शकले हेर्ने खालको कथा निर्माताले चाहेका थिए । जुन चाहना पुरा हुन सकेन ।

आशुतोषको पछिल्लो फिल्म ‘पानीपत’ निकै ठूलो बजेटमा निर्माण भएको थियो । तर बक्सअफिसमा फिल्मले खासै कमाल देखाउन सकेन ।

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  १२ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै