जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने | Khabarhub Khabarhub

जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् ।

भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित्व गर्ने सांसद बृजभूषण शरण सिंहले युवा पहलवान खेलाडीमाथि मञ्चमै जाइलागेर दुई झापड हानेका हुन् । सत्तारुढ सांसदले थप्पड प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै सांसद सिंहका साथै भाजपाको पनि आलोचना भइरहेको छ ।

राँचीमा यू १५ राष्ट्रिय कुश्ती च्याम्पियनसिप खेलका क्रममा यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रममा सिंह प्रमुख अतिथि थिए । ६ पटक लोकसभामा सांसद रहेका सिंह भारतीय कुश्ती महासंघका अध्यक्ष पनि हुन् ।

प्रतियोगितामा भाग लिन नपाएका पहलवानले कुश्ती महासंघका अध्यक्ष सिंहसँग खेल्न पाउन गुहार माग्दा झापड भेटेका हुन् । आयोजकले उनको उमेर बढी भएको भन्दै खेल्न अनुमति दिएको थिएन । उनी खेल्नका लागि पहल गरिदिन अनुरोध गर्दै सांसद सिंह कहाँ पुगेका थिए । तर सिंहले मञ्चबाटै झापड हानेर लखेटेका थिए ।

यो दृश्य क्यामेरामा कैद भएपछि अहिले भारतभर भाइरल भइरहेको छ । अन्य खेलाडी यो घटनाको विरोध गरेका छन् । विपक्षी पार्टीले पनि भाजपाको खेल नीति भन्दै भिडियो शेयर गरेर आलोचना गरिरहेका छन् । एजेन्सी

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ४ : ३६ बजे

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक

आर्थिक अभावले क्याम्पस सञ्चालन गर्न सकस

बागलुङ– विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना

बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरमा घाँसको समस्या

तनहुँ– तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा