कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने « Khabarhub

कांग्रेस प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते हुने


३ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अगामी पुस ६ र ७ गते हुने भएको छ ।

महाविधेशनअघि नै प्रदेश अधिवेशनको उद्घटान भए पनि सर्लाहीसहितका जिल्लामा विवाद समाधान नहुँदा कांग्रेसको प्रदेश २ को अधिवेशन अझै हुन सकेको छैन । विवाद हुँदा पार्टी केन्द्रीय महाधिवेशनमा असर नपरोस भनेर स्थगित गरिएको प्रदेश अधिवेशन अब यही पुस ६ र ७ गते हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने निर्णय गरेको छ । निर्वाचन समिति सदस्य अरुणकुमार यादवका अनुसार महाधिवेशन सम्पन्न पश्चात पुस ६ र ७ गते प्रदेश अधिवेशन हुने निर्णय भएको हो ।

यता, प्रदेश अधिवेशनको मिति पुनः तोकिएपछि प्रदेशमा कांग्रेस नेताहरूको चहलपहल बढेको छ । प्रदेश सभापतिका लागि देउवा समूहबाट रौतहटका जिल्ला सभापति कृष्ण यादव, विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, स्वतन्त्र उम्मेदवारको रूपमा रञ्जित कर्णले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका थिए ।

पार्टीको महाधिवेशनअघि प्रदेशमा कृष्णा यादव र रामसरोज यादव बलियो उम्मेदवारको रूपमा देखिए पनि महाधिवेशन पश्चात समिकरण फेरिएको शेखर कोइराला समूहले पनि उम्मेदवारी दिन सक्ने कांग्रेसका नेताहरूको भनाइ छ । न्युजकारखाना

प्रकाशित मिति : ३ पुस २०७८, शनिबार  ६ : ५५ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ

आज २०८३ साल जेठ १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ १९ गते मंगलबार अधिक जेठ

गाजा र लेबनान युद्धविराम नहुँदासम्म वार्ता नगर्ने इरानको घोषणा

तेहरान – इरानले लेबनानमा इजरायलको कदमको विरोधमा संयुक्त राज्य अमेरिकासँग

मादीमा चार ‘लेन’ पुल निर्माण तीव्र गतिमा

तनहुँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको

वैदेशिक रोजगार विभागद्वारा पुनः श्रम स्वीकृतिका लागि शर्त निर्धारण

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूका लागि पुनः श्रम