प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसमा आजदेखि सेमिफाइन खेल हुने | Khabarhub Khabarhub

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसमा आजदेखि सेमिफाइन खेल हुने


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिताअन्तर्गत आजदेखि सेमी फाइनलका खेल हुने भएको छ ।

नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोगितामा हालसम्म १५० प्रतिस्पर्धा भइसकेका छन् । प्रतियोगितामा १५ क्लबका १८५ खेलाडीको सहभागिता छ ।

विभिन्न १२ ‘इभेन्ट’मा २०१ प्रतिस्पर्धा हुने प्रतियोगिता यही पुस ६ सम्म सञ्चालन हुनेछ । सैनिक मुख्यालय जङ्गी अड्डाका दुई र दशरथ रङ्गशालास्थित दुई कोर्टमा प्रारम्भिक चरणको प्रतियोगिता भइरहेको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मंसिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता शुभारम्भ गरेका थिए।

प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौँ जिल्ला लन टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपल पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला, भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लब, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता छ ।

मुलुकमा लन टेनिस खेलको विकास र विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने ध्येयले उक्त प्रतियोगिता आयोजना गरिएको नेपाली सेनाका खेलकुद महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ४२ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण