करिष्मा भन्छिन् – देशलाई शैतानको हातको पुतलीजस्तो नबनाऔँ « Khabarhub

करिष्मा भन्छिन् – देशलाई शैतानको हातको पुतलीजस्तो नबनाऔँ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – नायिका करिष्मा मानन्धरले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको पक्षमा बम पड्काउँदै हिँड्नेलाई नेपाली जनताको जीवन जोखिममा नपार्न आह्वान गरेकी छिन् । उनले सरकार गिराउन विपक्षीको साँचो नबन्न पनि कार्यकर्तालाई आग्रह गरेकी छिन् ।

‘हजुरहरुको नेता जानेर होस् या नजारेर, अहिलेको सरकार गिराउन दाजुभाइहरु विपक्षीको खेलको साँचो भइरहनुभएको छ, जुन बाहिरी शक्तिको स्वार्थबाट सञ्जालित छन्,’ करिष्माले भनिन्, ‘आफ्नो र नेपाली जनताको जीवन जोखिममा नपार्नूस् ।’

साथै करिष्माले नेपालमा विगतका राजनीतिक परिघटनाबाट पनि धेरै कुरा सिक्न सकिने बताएकी छिन् । उनले विप्लवले गरेका विष्फोटहरुलाई सरकार ढाल्ने खेलका रुपमा लिएको बताएकी छिन् । करिष्माले आफ्नो देशलाई आन्दोलित बनाएर दुःखी नबनाउन समेत विप्लव समूहलाई अनुरोध गरेकी छिन् । ‘देशलाई शैतानको हातको पुतली नबनाऊँ, नेपाल रहे नेपाली रहन्छौँ,’ करिष्माको भनाइ छ ।

विप्लव समूहले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको विरोधमा जेठ १३ गते (आज) नेपाल बन्दको घोषणा गरेको थियो । बन्दको ठीक एकदिन पहिले काठमाडौंको घट्टेकुलो र सुकेधारामा बम बिस्फोट हुँदा ४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  १२ : ५० बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम