अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन | Khabarhub Khabarhub

अमेरिकाको ब्रानफोर्ड टाउन नगरका सदस्य चयन भएका श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– अमेरिकाको एक नगरपालिकाका नगर सदस्य चयन भएका रामचन्द्र श्रेष्ठलाई सिन्धुपाल्चोकमा अभिनन्दन गरिएको छ ।

गत सेप्टेम्बर २४ मा अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउनको आरटिएममा (उक्त नगर पालिकाको नगर सदस्य) नियुक्त भएका श्रेष्ठलाई सदरमुका चौतारमा आयोजित एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । अमेरिकामा उक्त पदमा पग्ने उनी नेपाली मुलका पाँचौ व्यक्ति हुन् ।

नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा , चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दुःखी प्रकाशन, शब्द सारथी, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय , मिस नेवा खेल, लायन्स क्लव अफ काठमाडौं सिन्धु चौतारा सिट, जनहित ग्रामिण सेवा समिति, सर्वपक्ष दैनिक ,क्यान सिन्धुपाल्चोक, सिन्धु कला मन्दिर, नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोकले सँयुक्त रुपमा कार्यक्रम आयोजना गरी श्रेष्ठलाई अभिनन्दन गरेको हो ।

कार्यक्रममा नगेन्द्र दंगाल, यज्ञ दंगाल, सिन्धु नेवा खलका अध्यक्ष माधवलाल कर्मचार्य , नरमान श्रेष्ठ, ईन्द्रलोचन धिताल, कृष्णराज श्रेष्ठ, नगरप्रमुख अमान सिंह तामाङ लगायतले उनको प्रशंशा गरेका थिए ।

नगरप्रमुख तामाङले कनेक्टिकट राज्य र चौतारा साँगाचोकगढी नगरपालिकाबीच भागिन सम्बन्ध कायम गर्ने व्यवस्था मिलाउन आग्रह गरे । श्रेष्ठले आफूलाई जन्मभूमिमा गरिएको अभिनन्दनले जन्मभूमिका लागि थप केही गर्नुपर्ने हौसला र प्रेरणा थपिएको भन्दै नेपालको नाम सदैव उच्च राख्ने बताए ।

गत सेप्टेम्बर २४ ,२०२१ मा श्रेष्ठलाई उनले गरेका क्रियाकलाप, गतिबिधि र योगदानको कदर तथा मूल्यांकन गर्दै उक्त पदमा ल्याइएको थियो ।

नेपाल सिन्धुपाल्चोक चौतारा घर भै हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका पुगेका श्रेष्ठ २० वर्षदेखि उक्त शहरमा होटल व्यवसायमा संलग्न छन् ।

 

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  १० : ०३ बजे

‘विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन’

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि

ब्याटर नचल्दा सकंटमा कर्णाली, १०० रन पुग्दा गुमायो ७ विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा जनकपुर

हिरासतमा रहेका रविको तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र

नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण

सीजी इलेक्ट्रोनिक्सको निःशुल्क एनपीएल टिकट वितरण

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहौलमा सीजी इलेक्ट्रोनिक्सले आयोजित