अष्ट्रेलियाका सहरमा ऋषिराजको ‘चुरीफुरी’ | Khabarhub Khabarhub

अष्ट्रेलियाका सहरमा ऋषिराजको ‘चुरीफुरी’


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक ऋषिराज आचार्यको फिल्म ‘चुरीफुरी’ अष्ट्रेलियाका सहरमा प्रदर्शन हुने भएको छ । आगामी शुक्रबारबाट नेपालमा प्रदर्शन हुन लागेको कमेडी जनराको यो फिल्मलाई अष्ट्रेलियामा बेलेक ब्रोस इन्टरटेन्मेन्टले प्रदर्शन अधिकार खरिद गरेपछि ती सहरमा प्रदर्शनको बाटो खुलेको हो ।

फिल्ममा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा),पवन खतिवडा (म्याकुरी), सुबोध गौतम (एदुमे), अभिषेक श्रेष्ठ, सोन बज्राचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसीप्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारको अभिनय छ ।

निर्देशक ऋषिराजकै लेखन रहेको फिल्ममा राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन, दीपक शर्माको संगीत, भीमफेदी गाइजको कोरियोग्राफी छ । निर्देशक आचार्यका अनुसार फिल्म अष्ट्रेलियालगतै अमेरिका, कतार, जापानलगायतका देशमा पनि रिलिज हुँदेछ ।

डिसिएनले वितरण गर्ने फिल्ममा निर्देशक आचार्यसँगै रिना ढकाल(भण्डारी) निर्माता छन् भने सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : २१ बजे

छोराको निधनपछि गौरवको परिवार सहाराविहीन

सुदूरपश्चिम– विदेश गएर कमाइ गरी परिवारको सहज जीविकोपार्जनमा बुबालाई सहयोग

माधव नेपालको प्रस्ताव- समान बिचार भएका पार्टीबीच एकता गर्न ढिला गर्नुहुँदैन

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको घोषणा

मौसम सुधार भएपछि सहज बन्दै मनाङको अवस्था

मनाङ– गत सोमबारदेखि परेको हिमपात रोकिएको छ। मौसममा आएको सुधारले

रारामा एक वर्षको अवधिमा १९ हजार पर्यटक भित्रिए

जुम्ला– आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

अत्तरिया– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले