‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा | Khabarhub Khabarhub

‘बजरंगी भाइजान २’ बनाउने सलमानको घोषणा


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान’को सिक्वेल बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’को मुम्बई प्रि–रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् ।

सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान’का निर्देशक कवीर खान हुन् । निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटीआर, राम चरण, आलिया भट्ट र निर्माता करण जोहारको पनि उपस्थिति थियो ।

कार्यक्रममा सलमानले ‘बजरंगी भाइजान’ आफ्नो करियरको उत्कृष्ट फिल्म भएको भन्दै लेखक के भीलाई धन्यवाद दिएका थिए । फिल्म ‘बजरंगी भाइजान’ले एक हनुमान भक्त भारतीय युवकको कथा देखाउछ । जसको भेट एउटा सानो गल्तीले पाकिस्तानबाट भारत आइपुगेकी एक बालिकासँग हुन्छ । फिल्ममा हर्षाली मल्होत्रा, करीना कपूर खान र नवाजुद्धिन सिद्धिकीले अभिनय गरेका छन् ।
–न्यूज कारखाना

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  १२ : ५७ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते