युवक हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै सोमबार पनि सिराहा बजार बन्द « Khabarhub

युवक हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै सोमबार पनि सिराहा बजार बन्द


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभएपछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् ।

सडक जामका कारण अहिले सयौं सवारीसाधन सडकमा अलपत्र परेका छन् भने हजारौं यात्रु बिजोग भएको छ । सबैभन्दा धेरै मार टाढा जाने लागेका यात्रुलाई परेको छ ।

बन्दकर्ताहरूले बाँसका भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्दै हिँडिरहेका छन् । उनीहरूले गोलबजार क्षेत्रको राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएका छन् ।

शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश उपचारत छन् ।

पीडित पक्षका शिवशरण रायले दोषी पक्राउ नगरेसम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र देषीलाई तुरुन्त पक्राउ गरी कार्वाही गर्न दबाब मात्र दिएको बताए । प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको बताएको छ । उनीहरू घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । न्युज कारखाना

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ०० बजे

पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

गोरखा– गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर