युवक हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै सोमबार पनि सिराहा बजार बन्द « Khabarhub

युवक हत्यामा संलग्नमाथि कारवाहीको माग गर्दै सोमबार पनि सिराहा बजार बन्द


५ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– गोलबजार नगरपालिका–६ डोहटियामा शनिवार छुरा प्रहारबाट युवकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दै सोमबार पनि स्थानीयले सडक जाम र बजार बन्द गरेका छन् । स्थानीय प्रशासनले २४ घण्टाभित्र हत्यामा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए पनि पूरा नभएपछि पीडितहरू बजार बन्द गराउन उत्रिएका हुन् ।

सडक जामका कारण अहिले सयौं सवारीसाधन सडकमा अलपत्र परेका छन् भने हजारौं यात्रु बिजोग भएको छ । सबैभन्दा धेरै मार टाढा जाने लागेका यात्रुलाई परेको छ ।

बन्दकर्ताहरूले बाँसका भाटा लिएर सवारी अवरुद्ध र बजार बन्द गर्दै हिँडिरहेका छन् । उनीहरूले गोलबजार क्षेत्रको राजमार्गको दर्जनौं स्थानमा टायर बालेर, ढुङ्गामुढा सडकमा तेर्साएका छन् ।

शनिवार बेलुका घर जाने क्रममा गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । छात्तीमा छुरा लागेका रामकुमारको मृत्यु भएको छ भने, निकेश उपचारत छन् ।

पीडित पक्षका शिवशरण रायले दोषी पक्राउ नगरेसम्म आन्दोनल जारी रहने बताए । उनले आफूहरू शान्तिपूर्ण आन्दोलनमा रहेको र देषीलाई तुरुन्त पक्राउ गरी कार्वाही गर्न दबाब मात्र दिएको बताए । प्रहरीले भने घटनामा संलग्नहरूको पहिचान भइसकेको बताएको छ । उनीहरू घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ । न्युज कारखाना

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार  ८ : ०० बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी