पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता : महामन्त्री शर्मा (भिडियो) | Khabarhub Khabarhub

पार्टीलाई एक ढिक्का बनाउनु पहिलो प्राथमिकता : महामन्त्री शर्मा (भिडियो)


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका छन्।

नेपाल प्रेस युनियनले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए।

उनले आफ्नो जितले सम्पूर्ण कांग्रेसका कार्यकर्ता र शुभचिन्तकको परिर्वतनको भावनालाई समेटेको टिप्पणी गरे। उनले बिगतमा भन्दा धेरै काम गरेर पार्टीलाई बलियो बनाउनुपर्ने दायित्व रहेको जिकिर गरे । उनले आसन्न स्थानीय तहको निर्वाचनबाट कांग्रेस पहिलो शक्ति हुने दावी गरे ।

त्यस्तै कार्यक्रममा नवनिर्वाचित पार्टी केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले प्रेस स्वतन्त्रता र पत्रकारको हकहितमा सँधै लागिरहने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ३३ बजे

गोरू तिहार, गोवर्धन र म्ह पूजाको महिमा

काठमाडौं – गोवर्धन पूजा, गोरू तिहार र म्ह पूजा तिहारको

देउसी भैलोमार्फत् मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

बागलुङ – बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका

‘स्कुटर’ दुर्घटना हुँदा दुई जनाको मृत्यु

भरतपुर – चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको

राहुघाटमा दुई जलविद्युत् आयोजना निर्माण

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीका लागि रुट कायम

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि