प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान आज « Khabarhub

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान आज


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश सभापतिमा कृष्णाप्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ । शेरबहादुर देउवा पक्षबाट कृष्णालाई र विमलेन्द्र निधि–शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका हुन् ।

दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उमेदवारी दिएका छन् । रामाधारप्रसाद यादवले भने स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेदवारी दिए ।

२ जना महामन्त्रीका लागि पनि ५ जनाको उमेदवारी परेको छ । ३ सहमहामन्त्रीका लागि ११ जनाले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ०८ बजे

रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आजै निर्वाचन हुँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशनअन्तर्गत पदाधिकारी

औषधि परामर्श परिषद् र औषधि सल्लाहकार समिति गठन

काठमाडौं– सरकारले औषधि क्षेत्रको नीति निर्माण, नियमन तथा समन्वयलाई प्रभावकारी

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब रुपैयाँ राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा दुई खर्ब

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर– दाङका १० स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३-०८४ का

सर्वोच्चले दिएन विष्णु पौडेलको पक्षमा अन्तरिम आदेश, सरकारसँग सोध्यो पक्राउ गर्नुको कारण

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थुनामुक्त गर्न माग