प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान आज « Khabarhub

प्रदेश नं २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान आज


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर – नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।

अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ । जसका लागि १८० जनाको उम्मेदवारी परेको छ । दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

प्रदेश सभापतिमा कृष्णाप्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ । शेरबहादुर देउवा पक्षबाट कृष्णालाई र विमलेन्द्र निधि–शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका हुन् ।

दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ । देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उमेदवारी दिएका छन् । रामाधारप्रसाद यादवले भने स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेदवारी दिए ।

२ जना महामन्त्रीका लागि पनि ५ जनाको उमेदवारी परेको छ । ३ सहमहामन्त्रीका लागि ११ जनाले उमेदवारी दिएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ०८ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी