ओमिक्रोन फैलिएपछि नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध « Khabarhub

ओमिक्रोन फैलिएपछि नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षका कार्यक्रममा प्रतिबन्ध


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ ।

दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमा रोक लगाएको हो । नयाँ वर्षअघि नै संक्रमण फैलिने क्षेत्र पहिचान गर्न पनि सो निकायले डिस्ट्रिक म्याजिस्ट्रेटलाई निर्देशन दिएको छ ।

त्यस्तै, दिल्लीमा कुनै पनि प्रकारका सामाजिक, मनोरन्जन, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्न पनि रोक लगाइएको छ । भारतमा ओमिक्रोन संक्रमित दिनहुँ बढेका छन् । बुधबारसम्म २१३ जनामा संक्रमण भएको छ ।

यसैबीच देशमा कोभिड संक्रमण र नयाँ भेरियन्टको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहीबार वैठक डाकेका छन् । विज्ञहरुले भारतमा कोभिडको तेस्रो लहर आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले वैठक आयोजना गर्न लागेका हुन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : २५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु