क्रिसमसमा चर्चा गरिने शान्ता क्लस को हुन् ? « Khabarhub

क्रिसमसमा चर्चा गरिने शान्ता क्लस को हुन् ?


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्रिसमस आउन अब दुई दिन बाँकी छ । क्रिस्चियनहरूको सर्वाधिक ठुलो चाड क्रिसमस नेपालमा पनि मनाइन्छ । क्रिसमसका बेलामा क्रिस्चियनहरूमा शान्ता क्लसको चर्चा हुन्छ । विशेष गरी बच्चाहरूले शान्ता क्लसलाई मन पराउँछन् । तर धेरैलाई जिज्ञासा हुनसक्छ, शान्ता क्लस को हुन् अनि क्रिसमससँग उनको के सम्बन्ध छ ?

क्रिस्चियन धर्मालम्बीहरूको विश्वासमा शान्ता क्लस भगवानले पठाएका दूत हुन् । कतिपय भने शान्ता क्लस येशुका पिता हुन् भनी मान्दछन् । त्यसैले उनी आफ्नो छोराको जन्मदिनमा बच्चाहरूका लागि उपहार दिन आउने धार्मिक मान्यता छ । खेलौना लिएर आउने भएकाले शान्ता क्लसलाई बच्चाहरूले मन पराएका हुन् ।

सेतो धर्काको बोर्डर भएको रातो रंगको कपडा लगाएर जिंगल बेल गीत गाउँदै आउने वृद्ध व्यक्ति शान्ता क्लस हुन् । उनको सेतो लामो दाह्री हुन्छ । पहिले पहिले शान्ता र क्रिसमससँग सम्बन्ध थिएन । पछि तुर्किस्तानको मीरा नामक शहरमा सन्त निकोलासको नामबाट शान्ता क्लसको नाम राखिएको मान्यता छ । इसाको चौथो शताब्दीमा शान्ता क्लस प्रचलनमा आयो । उनको भेष धरेर सन्तहरूले गरिब र असहाय बच्चाहरूलाई उपहार दिने गर्थे । अचेल शान्ता क्लस बिनाको क्रिसमसको कल्पना पनि गर्न सकिन्न ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ३९ बजे

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको

वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा

नेपाल–भारत सीमा भन्सार नीतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं– नेपाल–भारत सीमा क्षेत्रमा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कर