ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु « Khabarhub

ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरमा ट्रकमा करेन्ट सर्ट हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी कोगटे खोलानजिक ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका छन् ।

बाग्मती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी लिएर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाईनमा छुँदा करेन्ट सर्ट भई २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुको पहिचान खुलेको छैन ।

करेन्ट लागेर घाइते भएका दुई जनालाई थप उपचारका लागि काठमाण्डौं पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ४ : १८ बजे

सिंहदरबारमा निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संसारमा

धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही

जनकपुरधाम– सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन