प्राधिकरणका प्राविधिकको आन्दोलनले हुम्लाका २२० घरधुरी अन्धकारमा « Khabarhub

प्राधिकरणका प्राविधिकको आन्दोलनले हुम्लाका २२० घरधुरी अन्धकारमा


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- विद्युतका अप्रेटरले एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै छुईपुग जलविद्युत आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

सिमकोट गाउँपालिका-८ को खोल्सी र नाम्खा गाउँपालिका- ४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत आयोजनाको सेवा बुधबारदेखि बन्द गरिएको छ ।

विद्युत् आयोजनाका अप्रेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि पारिश्रमिक नपाएपछि बुधबारबाट सेवा बन्द गरेर विरोध जनाएका हुन् ।

गतवर्षको माघ महिनादेखि विद्युत सञ्चालन गर्दै आएको भए पनि आफूहरूले पाउने सेवासुविधा र पारिश्रमिक नपाएपछि विद्युत सेवा नै बन्द गर्न बाध्य भएको अप्रेटर ग्याल्जन लामाले बताए ।

अप्रेटर लामाले भने, ‘आफू दुबै जनाले मासिक रूपमा पाउनुपर्ने दश दश हजारका दरले हो । एकवर्ष भई सक्यो प्रति व्यक्तिले एक लाख रुपैयाँभन्दा बढी पाउनुपर्ने हो । तर, कसैको ध्यान जान सकेको छैन । त्यसैले गत बुधबारदेखि विद्युत सेवा बन्द गर्ने निर्णय गरेका हौँ ।’

विद्युत बन्द गरिएपछि दुईवटा वडाका २२० घर दूरी अन्धकारमा बस्न बाध्य भएका छन् । खोल्सी गाउँका ९० घरधुरी, लामा खोल्सी र खगालगाउँ गाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अप्रेटरलाई तलव खुवाउने निर्णय थियो ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १२ : ४५ बजे

उत्पादन र रोजगारी बढाउन राष्ट्रपतिको जोड

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ पुस्ताको चाहाना र आकांक्षालाइ सम्बोधन

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव

बिरामी हुनु अपराध होइन प्रधानमन्त्रीज्यू, जनताको उपचारमा थप करको भार किन ?

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले चालु आर्थिक वर्ष २०८३/८४

कांग्रेसलाई नेकपाको सन्देश, ‘एमालेसँगको गठबन्धन औपचारिक रुपमा फुटेमात्रै सत्ता सहकार्य अघि बढ्छ’

काठमाडौं- नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच अझै