कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने | Khabarhub Khabarhub

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार प्रमाणपत्र लिने


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शनिबार ‘निर्वाचित भएको प्रमाणपत्र’ लिने भएका छन् ।

शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा एक सय ३३ जनाले प्रमाणपत्र लिने समय तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रमाणपत्र वितरण कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन सूचना जारी गरेको छ ।

कांग्रेस महाविधेशनबाट सभापतिसहित १३ पदाधिकारी र १२१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन भएका छन्। विधानअनुसार १६७ सदस्यीय हुने केन्द्रीय कार्यसमितिका बाँकी ३३ जना मनोनीत हुनेछन् ।

२४–२८ मंसिरसम्म काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरू सबै आइसकेका छन् । आगामी माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसको नयाँ नेतृत्व महाधिवेशनबाट आउनै पर्ने बाध्यता थियो ।

जसअनुसार १२ पुससम्म महाधिवेशनबाट आएको नयाँ केन्द्रीय समितिको सूची बुझाउन निर्वाचन आयोगले कांग्रेसलाई पत्र पठाएको थियो । त्यसैले १० पुसमा नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले प्रमाणपत्र बुझ्ने र पहिलो केन्द्रीय समिति बैठक बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार केन्द्रीय समिति बैठक बस्नेबारे सभापति शेरबहादुर देउवा आन्तरिक गृहकार्यमा लागेका छन् । उनले त्यसअघि नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधीलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने भएका छन् ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  १ : ४५ बजे

कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा संसदीय समितिका बैठक बस्दै

टप टी-२० सिरिज : आज मेलबर्नसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी-२० सिरिजमा

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ ।

अस्ट्रेलियामाथि दक्षिण अफ्रिका ९८ रनले विजयी

काठमाडौं – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ९८ रनले हराएको छ ।