आगामी दिनमा थप उत्साह र ऊर्जाका साथ पार्टीमा काम गर्छु : नेता महत | Khabarhub Khabarhub

आगामी दिनमा थप उत्साह र ऊर्जाका साथ पार्टीमा काम गर्छु : नेता महत


९ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले आगामी दिनमा आफू थप उत्साह र ऊर्जाका साथ पार्टी काम गर्ने बताएका छन् । कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीसँग कुरा गर्दै शुक्रबार उनले आफूले सदैव पार्टीलाई केन्द्रमा राखेर काम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता गरे ।

पूर्वमन्त्रीसमेत रहेका उनी पार्टीको हालै सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजय भएका थिए । महाधिवेशनमा आफू समूहगतरूपमा निर्वाचनमा गएको भए पनि महामन्त्री पदमा अपेक्षितरूपमा समूहगत भोट नआएको उनको गुनासो छ । पार्टीका निवर्तमान सहमहामन्त्री डा महतले निर्वाचनको मतपरिणामका बारेमा पार्टीका सार्थीहरुले आगामी दिनमा समीक्षा गर्दै जाने बताए ।

मतदानमा अनेक बाधा व्यवधानका बाबजुद प्राप्त गरेको मत आफ्ना लागि सबल पक्ष भएको बताउँदै उनले अहिलेको अवस्थालाई देशभरका नेताकार्यकर्ता माझ आफूलाई थप चिनाउने बुझाउने अवसरका रूपमा लिने उल्लेख गरे । मतदानमा अपेक्षित परिणाम नआएको भए पनि पार्टीमा आफ्नो हैसियतअनुसार काम गर्दै जाने उल्लेख गर्दै नेता डा महतले सबैले पार्टीलाई संस्थागतरूपमा अघि बढाउन लाग्नुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : २० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा