प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित हुन्नौँः महासंघ « Khabarhub

प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित हुन्नौँः महासंघ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा शुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष आचार्यले महासंघले लोकतन्त्रा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा शुरु गरिएको आन्दोलनलाई पक्ष र विपक्षमा कैद नगर्न पनि आग्रह गरे । पत्रकारहरुको हक, हितको पक्षमा गरिएको आन्दोलन कसरी गलत हुन सक्छ ? अध्यक्ष आचार्यको तर्क थियो ।

शहीद पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताको एजेण्डालाई लिएर शुरु भएको महासंघको आन्दोलनबाट आफुहरु विचलित नहुने दृढता पनि व्यक्त गरे । अध्यक्ष आचार्यले पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पछिल्लो समय शुरु गरेको आन्दोलन सफल भएरै छाड्ने दावी पनि गरे ।

अध्यक्ष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको आन्दोलनलाई सफलतामा पुर्‍याउन सबै पत्रकाहरुले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

अध्यक्ष आचार्यले तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व शुरु गरेयता मात्रै ३७ जना पत्रकार मारिएको उल्लेख गर्दै उनीहरुको हत्यारा पत्ता लगाई तत्काल कारवाही गर्न पनि सरकारसँग माग गरे । महासंघले सशस्त्र द्वन्द्वकालयता बेपत्ता भएका ५ जना पत्रकारहरुको स्थिति सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ५ : २८ बजे

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण

फिर्के खोलामाथिका संरचनामा धमाधम डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

‘प्रतिनिधिसभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण’

मोरङ– गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा

जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर

काठमाडौं – जेठ १ बाट प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र

योग समितिमा पुनः डा भट्टराई निर्वाचित

नेपालगन्ज– योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योगगुरु