एक हजार पाँच सय गोही नदीमा छोडियो « Khabarhub

एक हजार पाँच सय गोही नदीमा छोडियो


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर – सङ्कटापन्न अवस्थामा पुगेको घडियाल गोही संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको छ । जनसङ्ख्या वृद्धिसँगै बढ्दै गएको मानवीय चाप तथा शहरीकरण एवं औद्योगिकीकरणबाट सृजित जलप्रदूषणलगायत कारणबाट घडियाल गोहीको सङ्ख्या घट्दै गएपछि विसं २०३५ मा कसरामा घडियाल संरक्षण तथा प्रजनन केन्द्र स्थापना गरिएको थियो ।

घडियाल गोहीलाई बगेको सफा पानी तथा आहारको लागि माछा आवश्यक हुनु, सामान्य खालको दबाब पनि सहन गर्न नसक्नु, घडियालको अण्डा तथा बच्चालाई मगर गोहीका साथै पानीमा विचरण गर्ने ठूला खाले कछुवालगायत, स्याल, कुकुरले समेत खाइदिने गर्दा गोहीको सङ्ख्या घटेपछि प्रजनन केन्द्र स्थापना भएको निकुञ्जका पूर्वसहायक संरक्षण अधिकृत एवं संरक्षणकर्मी बेदबहादुर खड्काले बताए । स्थापना कालमा नारायणी नदीको बगरबाट घडियालको अण्डा सङ्कलन गरेर यस केन्द्रमा बच्चा हुर्काइएको थियो । केन्द्रमा हुर्किएका घडियालले विसं २०५१ देखि नै निरन्तर रुपमा बच्चा कोरली रहेका छन् ।

केन्द्रमा हुर्किएका घडियाल तथा नारायणी नदी तथा राप्ती नदी किनारबाट ल्याइएका अण्डाबाट बच्चा हुर्किएपछि निकुञ्जले घडियाललाई खुला प्रकृतिमा लगेर छोड्ने गरेको खड्काले बताए । निकुञ्जले वर्षेनी नदी किनारमा गएर घडियालको गुँड खोज्ने तथा खतरा ठाउँमा रहेका अण्डा गुँडबाट झिकेर प्रजनन केन्द्रमा लैजाने गरेको छ । खोलाको छेउमै बालुवाको ढिस्कोमा पारेको अण्डा, पानीले गुँडको ढिस्को काट्दै गरेको, पानीको बहावले बगाउने खतरा रहेको, गुँड पानीको सतहबाट कम उचाइमा रहेका गुँड तथा हात्ती, गैँडा हिड्ने बाटोमा परेका गुँडबाट निकुञ्जले अण्डा सङ्कलन गर्ने गरेको खड्काको भनाइ छ ।

घडियालको अण्डाबाट बच्चा निस्कन ९० दिन लाग्छ । प्रजनन केन्द्रमा बच्चा कोरलेपछि हुर्किएका घडियाल गोहीलाई नारायणी, राप्ती, रिउ, कालिगण्डकी, कर्णालीसहितका विभिन्न नदीमा लगेर छोड्ने गरिएको छ । घडियाल प्रजनन केन्द्र स्थापनापछि विसं २०३९ देखि नै यहाँ हुर्काइएका घडियाललाई देशका विभिन्न प्रमुख नदीमा लगेर छोड्ने काम भइरहेको खड्काले बताए।

केन्द्रमा हुर्काइएकामध्ये हालसम्म एक हजार ५१५ वटा गोही प्रकृतिमा लगेर छोडिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको आचार्यले बताए। आचार्यकाअनुसार हालसम्म राप्तीमा ८३५, नारायणीमा ३९९, बबईमा ११०, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् । निकुञ्जले छोडेको गोहीलाई र्‍याफ्टिङ डुङ्गा तथा काठे डुङ्गाको सहायताले समय सयमा अनुगमन गर्ने गरिएको छ ।

हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ५०२ वटा गोही रहेका छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वटा वयस्क घडियाल रहेका प्रमुख संरक्षण अधिकृत आचार्यले जानकारी दिए । उनकाअनुसार केन्द्रमा उपवयस्क अवस्थाका १८, किशोरावस्थाका ३४३, साना बच्चा ६० र यस वर्ष जन्मिएका बच्चा ६८ वटा घडियाल गोही रहेका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ११ : ४६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा