महिला गेटअपमा ऋषि कपुर पुरुषको बाथरुममा पसेपछि... | Khabarhub Khabarhub

महिला गेटअपमा ऋषि कपुर पुरुषको बाथरुममा पसेपछि…


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका पर्दामा जति रोचक कथा दर्शकलाई देखाइन्छ, त्यति नै रोचक कथा र किस्सा पर्दा पछाडि बनिरहेका हुन्छन् । फिल्मको सुटिङ गरिरहँदा, गीत रेकर्ड भइरहँदा यस्ता कैयौं किस्सा बन्छन्, जुन सुन्दा अथवा पढ्दा जोकोही रोमाञ्चित हुन्छन् ।

सन् सत्तरीको दशकको लोकप्रिय अभिनेतामा ऋषि कपुरको नाम छुट्दैन थियो । उनी बलिउडमा चकलेटी र रोमान्टिक हिरोको रुपमा चित्रित थिए । उनले आफ्नो जीवनमा प्रेमीदेखि लिएर पितासम्मको कैयौं भूमिका निर्वाह गरे ।

फिल्म ‘रफू चक्कर’को सुटिङमा एउटा यस्तै मजेदार किस्सा भएको थियो । त्यो समयमा ऋषि युवतीको गेटअपमा महिलाको बाथरुममा पसेका थिए ।

सत्तरीको दशकमा पुरुष कलाकारलाई महिलाको गेटअपमा देखाउनु सामान्य कुरा थिएन । तर कलाकार हुनुको नाताले ऋषिले यो सोचाईलाई तोडे र एक चकलेटी ब्वाई र माचो मेनको छविबाट पछाडि हटेर युवतीको भूमिका निर्वाह गरे । जसले यो फिल्म हेरेको छ, उनीहरुले ऋषिको युवतीवाला गेटअपलाई अवश्य सम्झिएका छन् । यो फिल्मको अधिकांश दृश्यमा ऋषिलाई युवतीकै गेटअपमा देख्न पाइन्छ ।

ऋषि कश्मीरमा एक दृश्यको सुटिङका क्रममा उनलाई बाथरुम जानु थियो । उनी सुटिङका लागि पूर्ण गेटअपमा नै थिए । उनले युवतीको कपडा लिएका थिए । पुरुष भएर महिलाको बाथरुममा जान समस्या भएपछि उनले आफूलाई युवतीको गेटअपमा ढालेर पुरुषको बाथरुममा जाने निर्णय लिए ।

जसै ऋषि बाथरुममा पसे, त्यहाँ रहेका दुई विदेशी उनलाई देखेर छक्क परे र लजाउदै त्यहाँबाट बाहिर निस्केर भागे । केही समयपछि ती दुई विदेशीले उक्त महिला अर्थात् ऋषि कपुरलाई निकै खोजे । तर जब उनीहरुले ऋषिलाई सुटिङ गरिरहेको अवस्थामा देखे, त्यतिबेला मात्र उनीहरुले ऋषि भारतको प्रख्यात कलाकार हो भन्ने थाहा पाए ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १ : ४९ बजे

नेपाली टोलीलाई बलियो बनाउँदै लैजान्छु : प्रशिक्षक प्याट्रिक डे वाइल्ड

काठमाडौं– राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे वाइल्डले

गण्डकीमा प्रशासनिक संरचना पुनरावलोकन समितिले प्रतिवेदन बुझायो

पोखरा– गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा

गण्डकीको सामाजिक समितिमा माओवादीकी दमयन्ती निर्वाचित

पोखरा– गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा

मौसमी जटिलताका कारण पाकिस्तानका विद्यालय बन्द

पाकिस्तान– जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी जटिलताका कारण विद्यालय

गण्डकीका पूर्वमुख्यमन्त्रीले भने- राइड सेयरिङमा कसैले चुनौती दिन सक्दैन

पोखरा– गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमालेका नेता खगराज अधिकारीले राइड