सबैलाई समेटर पार्टी अघि बढाउँछु : सभापति देउवा (भिडियोसहित) « Khabarhub

सबैलाई समेटर पार्टी अघि बढाउँछु : सभापति देउवा (भिडियोसहित)


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई समेटर पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

केन्द्रीय निर्वाचन समितिले प्रमाणपत्र दिएपछि सभापति देउवाले आफूलाई मतदान नगर्नेहरुको भावनालाई पनि समेटेर पार्टी सञ्चालन गर्ने बताएका छन् ।

‘मलाई भोट हाल्ने वा नहाल्ने सबैको सभापति मै हुँ । सबैको भावनालाई कदर गरेर  पार्टी चलाउँछु’, देउवाले भने ।

कांग्रेस देशकै सबैभन्दा समावेशी पार्टी बनेको भन्दै उनले तल्लो तहदेखि नै महिला, आदिवासी,जनजाति, दलित, मुस्लि, थारुलगायत सबैलाई नेतृत्वमा अवसर दिइएको प्रष्ट पारे ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित कार्यक्रमबीच केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

२४–२७ मंसीरमा काठमाडौंमा सम्पन्न कांग्रेस महाधिवेशनबाट पदाधिकारीसहित १३४ केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  २ : १४ बजे

ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति

पाल्पा– हिजोआज साँझ पर्नासाथ तानसेनका चोकमा ढोल र झ्याम्टाको आवाज

एसिसी प्रिमियर कपः पहिलो खेलमा आज बहराइनसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय