चितवनमा गुञ्जिँदै दीप श्रेष्ठ | Khabarhub Khabarhub

चितवनमा गुञ्जिँदै दीप श्रेष्ठ


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना संक्रमण भएयता गायक दीप श्रेष्ठ कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी भएका छैनन् । यिनै गायक लामो समयपछि सांगीतिक कार्यक्रममा पुनरागमन गर्दैछन् ।

भरतपुर महानगरपालिका ६ देवनगर/चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्ने कार्यक्रममा दीप आफ्नो प्रस्तुति दिँदैछन ।

डिसेम्बर ३१मा हुने ‘दीप श्रेष्ठ म्युजिकल नाइट’मा दीपले आफ्ना लोकप्रिय गीतहरुलाई सुनाउनेछन् । रिसोर्टका सञ्चालक देवेन लोहनीले मृत्युलाई जितेपछि पहिलो पटक गायक श्रेष्ठको सांगीतिक कार्यक्रम हुन लागेको बताए । कार्यक्रमका लागि चितवन, सहित काठमाडौं, धरानलगायतका जिल्लाबाट समेत टिकट बुकिङ भइरहेको उनले बताए ।

आफ्ना नयाँ तथा पुराना गरी करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने उनले बताए । गायक श्रेष्ठले ‘म त दुरदेखि आए’, ‘हर रात सपनीमा’,‘वितेका कुरा’,‘एउटै बाटो’, ‘उ यात्री’ ‘सपनालाई अंगालेर’ लगायत दर्जनौ गीतहरु गाएका छन् ।

कार्यक्रममा गायक श्रेष्ठसँगै अभिनेत्री गौरी मल्ल, बेलि डान्सर विनु शाक्य, गायिका अन्जना राईलगायतको पनि प्रस्तुती रहनेछ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ४ : १४ बजे

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज