निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड « Khabarhub

निर्यात बढाउन उत्पादन विविधिकरणमा जोड


१० पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आयात प्रतिस्थापन तथा निर्यात बढाउन उद्यमी–व्यवसायीलाई उत्पादन विविधिकरणमा लाग्न सुझाएको छ ।

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घलाई उत्पादन व्यापार र उत्पादन विविधिकरणमा लाग्न वाणिज्य सचिव दिनेश भट्टराईले सुझाए ।

सङ्घको १३ औँ वार्षिक साधारणसभालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै उनले उनी फेल्ट र फेल्टजन्य उत्पादन निर्यातमा दिइएको नगद अनुदानले राष्ट्रको अर्थतन्त्रमा केही योगदान गरेको बताउँदै अझ प्रतिस्पर्धी र गुणस्तरीय उत्पादनमा लाग्न फेल्ट उद्यमीलाई आग्रह गरे।

अल्पविकसित देशबाट स्तरोन्नति भएपछि नेपालले विश्व बजारमा सहुलियत नपाउने भएकाले आजैदेखि गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमा लाग्न जरुरी भएको उनले बताए। सचिव भट्टराईले गत आर्थिक वर्षमा रु छ अर्ब बराबरका फेल्ट सामग्री निर्यात भएका र चालु आवमा पनि रु तीन अर्बको हाराहारीमा फेल्टका सामान विदेश पठाइनु अर्थतन्त्रका निम्ति सकारात्मक भएकाले उत्पादन बढाउने उद्यमीहरूलाई सरकारले सधैँ प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन नेपाल उद्योग, वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसङ्घलगायत संस्थाहरूले सरकारसमक्ष प्रस्तुत गरेका नीतिगत एवं संरचनागत सुधारका सुझावलाई वाणिज्य मन्त्रालयले सकारात्मक रुपमा लिएको र उद्योगधन्दाको प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट गरे।

आजै सम्पन्न साधारणसभाले नरेशलाल श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको छ । सङ्घको वरिष्ठ उपाध्यक्षमा महेश्वर श्रेष्ठ, उपाध्यक्षमा अमोघ धाक्ख्वा, महासचिवमा तेलबहादुर कुमाल, सचिवमा शान्ति भण्डारी र कोषाध्यक्षमा शिव अधिकारी चुनिएका छन्।
–––

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  १० : १५ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा