६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयो | Khabarhub Khabarhub

६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयो


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-  खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ ।

अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो ।

बालिकाको मुटुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

ज्वरोको समस्याले थलिएपछि गत २८ असारमा नोबेल अस्पताल विराटनगर पुर्‍याइएपछि बालिकालाई मुटुको रोग भएको पुष्टि भएको हो ।

आफ्नो घर जग्गा नभएका तथा छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा विराटनगर लगिएको थियो ।

सिर्जनाको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिए पनि उमेरअनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनको तौल हाल साढे १२ केजी मात्र छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ५९ बजे

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन

बीएनपीका नेता भन्छन्– भारतसँग मिलेर काम गर्न तयार छौँ

काठमाडौं– बंगलादेशको बंगलादेश नेशनलिस्ट पार्टी बीएनपीका वरिष्ठ नेताले भारतसँग मिलेर

‘घरमै सुरक्षित छैनन् छोरी’

गोरखा – गत असार १४ गते जिल्ला प्रहरी कार्यालयमा एउटा

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि