६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयो « Khabarhub

६ वर्षीया मुटुरोगी सिर्जनालाई चन्दा उठाएर अस्पताल पुर्‍याइयो


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ-  खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीकी ६ वर्षीय मुटुरोगी सिर्जना पौडेललाई चन्दा उठाएर अस्पताल पुर्‍याइएको छ ।

अतिविपन्न परिवारकी मुटुरोगी बालिकालाई शुभेच्छुक तथा आफन्तको आर्थिक सहयोगमा उपचारका लागि काठ्माण्डौंको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी भर्ना गरिएको हो ।

बालिकाको मुटुमा दुईवटा प्वाल भएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको ‘मुटुरोगी सिर्जना पौडेल उपचार तथा बचाउ’ अभियान सञ्चालन गरिरहेका कांग्रेस जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

ज्वरोको समस्याले थलिएपछि गत २८ असारमा नोबेल अस्पताल विराटनगर पुर्‍याइएपछि बालिकालाई मुटुको रोग भएको पुष्टि भएको हो ।

आफ्नो घर जग्गा नभएका तथा छाप्रो बनाएर बसिरहेका पौडेल परिवारकी बालिकालाई आफन्त तथा शुभेच्छुकबाट संकलन गरिएको ४० हजार खर्चमा विराटनगर लगिएको थियो ।

सिर्जनाको मुटुको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिए पनि उमेरअनुसार तौल नहुँदा तीन महिनापछि शल्यक्रिया गर्ने तयारी गरिएको छ । उनको तौल हाल साढे १२ केजी मात्र छ ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  २ : ५९ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा