कांग्रेसको वरीयता विवादमा डा. कोइरालाको प्रतिक्रिया : मतदाताले वरीयता निर्धारण गरेका छन् « Khabarhub

कांग्रेसको वरीयता विवादमा डा. कोइरालाको प्रतिक्रिया : मतदाताले वरीयता निर्धारण गरेका छन्


१२ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताएका छन् । १४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका छन् ।

शेरबहादुर देउवासँग पराजित डा. कोइराला स्वत केन्द्रीय सदस्य बनेका छन् । सभापति देउवाले १३४ सदस्यीय केन्द्रीय कार्यसमितिको वरीयता निर्धारण गर्दै डा. कोइरालालाई २० औँ नम्बरमा राखेका छन् । कांग्रेस विधानमा वरीयताबारे स्पष्ट व्यवस्था नभए पनि सभापतिमा निकटतम प्रतिद्वन्द्वी भएको केन्द्रीय सदस्य दोस्रो वा तेस्रो वरीयतामा रहँदै आएको परम्परा छ । तर, देउवाले यो पटक परम्परा भत्काउँदै डा. कोइरालालाई २० औँ वरीयतामा राखेपछि विवाद उत्पन्न भएको छ ।

वरीयताकै कारण डा. कोइरालाले शनिबार बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठक नै बहिस्कार गरेका थिए ।

सोमबार विराटनगरमा डा. कोइरालाले कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने तर्क गरे ।

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति संकेत गर्दै उनले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् । निर्वाचन आयोगले वैशाख १४ र २२ गतेका लागि निर्वाचन मिति सरकार समक्ष सिफारिस गरिसकेको भन्दै उनले अहिले त्यसमै व्यस्त हुने उनले बताए ।

प्रकाशित मिति : १२ पुस २०७८, सोमबार  ६ : २१ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको