संविधान खारेज गराउने षड्यन्त्र जारी छ : प्रचण्ड « Khabarhub

संविधान खारेज गराउने षड्यन्त्र जारी छ : प्रचण्ड


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान खारेज गराउने षड्यन्त्र भइरहेको बताएका छन् ।

काठमाडौँमा जारी पार्टीको ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्’ उल्लेख गरेका छन् ।

तर, कम्युनिस्ट क्रान्तिकारीदेखि राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त र लोकतान्त्रिक शक्ति भने संविधानको रक्षा र परिमार्जनको पक्षमा अगाडि बढिरहेको उनको दाबी छ । ‘यही वर्गीय राजनीतिक अन्तर्विरोधको बीचबाट आजको नेपाली समाज अगाडि बढिरहेको छ,’ प्रचण्डले भनेका छन् ।

उनले प्रतिनिधिसभा विघटन लगायतका घटनाबारे पनि उल्लेख गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको घटनालाई प्रचण्डले भनेका छन्, ‘असंवैधानिक र निरंकुश तवरबाट पटकपटक प्रतिनिधिसभाको विघटन गर्ने संविधान र ऐनको व्यवस्थाविपरीत राजनीतिक दलहरूलाई विभाजन गर्नेदेखि संवैधानिक र अन्य महत्वपूर्ण नियुक्ति गरेर अस्थिरता र अराजकतालाई मलजल गर्ने, संघीयताको मर्म र भावनाविपरीतका क्रियाकलाप गर्ने, संविधान, ऐन र अदालतको निर्णयलाई चुनौती दिँदै अनाहकमा प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने, संविधानद्वारा स्थापित लोकतान्त्रिक प्रणालीका विरुद्ध निरंकुश राजतन्त्रको पुनर्स्थापनाको हल्ला गर्ने आदिजस्ता काम नै प्रतिगामी तत्वले चलाइरहेका गतिविधि हुन्।’

प्रचण्डले कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनका शक्तिले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उल्लेख गरेका प्रचण्डले साम्राज्यवादी उत्पादनप्रणालीविरुद्ध समुदाय र राष्ट्रियताको हितमा प्रकृति र पर्यावरणको संरक्षण गर्ने मुद्दालाई विश्वव्यापी अभियानको नेतृत्व लिन जोड गर्नुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  १० : ०० बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान