मबाट सांस्कृतिक क्रान्ति सुरु हुन्छ : प्रचण्ड « Khabarhub

मबाट सांस्कृतिक क्रान्ति सुरु हुन्छ : प्रचण्ड


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएका छन्।

मंगलबार महाधिवेशनस्थल प्रज्ञा भवनमा संञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले सांस्कृतिक क्रान्तिलगायत सवै कुरा आफूबाटै महाधिवेशन स्थलबाटै सुरु हुने बताए। उनले सांस्कृतिक क्रान्तिका लागि फिल्डमा जाने पनि उल्लेख गरे।

त्यस्तै माओवादी नेता मातृका यादवले नेतृत्व बिग्रनुमा सबै नेता दोषी भएको भन्दै अब समीक्षा गर्ने बेला भएको बताए । उनले अध्यक्ष प्रचण्डमात्र रुपान्तरण भएर नपुग्ने र त्यसका लागि सवै तयार हुनुपर्ने धारणा राखे। यादवले केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्ने जानकारी दिए ।

माओवादीले महाधिवेशन २ दिन लम्बिने बताएको छ । विहीबारसम्म समूहगत छलफलको प्रस्तुति सकिने छ । महाविधेशन यही पुस १६ मा समापन हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ४ : ४५ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा